प्रचण्डको जिकिर- सरकारको जोडघटाउमा लाग्दैनौं, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ – Nepal Press

प्रचण्डको जिकिर- सरकारको जोडघटाउमा लाग्दैनौं, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन् ।

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो’, उनले भने ।

अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताए । उनले भने, ‘परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।’

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले पार्टीलाई एकतावद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

‘अहिले समाजवादी क्रान्तिका लागि वस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो’, उनले भने ।

सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 


प्रतिक्रिया

2 thoughts on “प्रचण्डको जिकिर- सरकारको जोडघटाउमा लाग्दैनौं, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ

  1. अरूले खोज्न आउँछन कि भनेर आश गरेको मतलव फेरि पनि सत्तामा गएर मोज गरौंला भन्ने हो यिनको । सत्ता विना प्रचण्ड पानी विनाको माछा भैसकेछन् । महान जनयुद्वका नायक सत्ताको आहालमा डुबेको पनि देख्न पाईयो ।

  2. माओवादी नेता कार्याकर्ता विगत र अहिले अध्ययन गर्ने हो भनेउनीहरू कम्युनिस्ट होइनन् पाखण्डी बिचारका अगुवा रहेछन् दोहोरो तेहेरो चरित्र ब्यक्ति हत्या एन प्रसाद गौतम रितबहादुर खड्का रामहरि श्रेष्ठको र सम्भावना भएको भए बाबुराम र हिसिला को पनि पत्रिकामार्फत सुनेको त्यसकारण माओवादी बैचारिक होइन हुल्डरवाजका नाइके हरू रहेको पार्टी रहेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर