पदमा रहेसम्म व्यक्तिगत स्वार्थमा नलागी उड्ड्ययन क्षेत्र सुधार गर्छु : मन्त्री पाण्डे (भिडिओ)
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्री पाण्डेले नेपालको उड्ययन क्षेत्रलाई सुधार गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले नेपालको उड्ययन क्षेत्र समस्याग्रस्त रहेको भन्दै यसलाई सुधार गनुपर्ने बताएका हुन् । उड्ययन क्षेत्रलाई सुधार गर्न सके पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने उनको भनाइ छ ।
उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा प्राप्त गर्न सक्ने योगदानमाथि उड्ययन क्षेत्रबाट चूनौती सिर्जना भएको धारणा राखे । मन्त्री पाण्डेले आफु पदमा रहेसम्म व्यक्तिगत स्वार्थमा नलागी यस क्षेत्रको सुधारमा लाग्ने प्रतिवद्धता जनाए ।
उनले विभिन्न संस्कृतिहरुको जर्गेना गर्दै नेपालको संस्कृति विश्वमाझ पुराउन सके मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।