समाजलाई विथोल्न सम्भव छैन, नयाँ पुस्ताले मर्यादाको ख्याल नराख्दा दुःख लाग्छ: प्रधानमन्त्री ओली (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई विथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् ।
सैनिक मञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।
उनले नेपालको मौलिक सम्यतालाई विश्वव्यापी फैलाउनुपर्नेमा जोड दिए । एकताबद्ध भएर शान्तिमय नेपाल बनाउन लाग्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको सो पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गरे ।