टुँडिखेलमा नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने- यही हो सिकेर आएको ? लाज नभएकाहरू (भिडिओ)
काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भए ।
आफू बोल्न थालेलगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईंहरु जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु । यही हो तिमीहरुको संस्कृति ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न खेल्न र हेर्न आएकाहरु छन् । न देउडा खेल्न दिन्छन्, कार्यक्रम बिथोल्नेहरु पछाडि बसेका छन् ।’
कार्यक्रममा प्रमुख अथितिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली गएका थिए । कार्यक्रममा सुरुमै प्रधानमन्त्री ओली बोल्दा पनि नाराबाजी भएपछि छोटो बोलेर निस्किएका थिए ।
नाराबाजि गर्नेहरू आवारा हुन् । यी भनेका देश र तिनका घरका बोझ हुन् । यिनहरूको काम अरूको विरोध गर्ने, आफ्नो काम नगर्ने, आवारा भएर हिडने, हावामा महल बनाउने कुरा मात्र गर्ने, गैर जिम्मेवार हुन् । यस्तालाई पर्वमा पनि होहल्ला गरेको भनेर समातेर कोचिदिए हुन्छ ।
…. तिमिजस्ता युवा यो देशमा जन्मनु नै देश र हामी सवैको दुर्भाग्य हो ।
घमण्डीहरुले खुलेआम झुठ बोलेर जनता भ्रमित गर्दै देशमा लुटपाट मच्चाईरहेका थिए । अब बाहिर आमसभामा निस्कन समेत नसक्ने स्थिति बन्दै रहेछ (गौरापर्व, २०८१) ।
शेरे … र के पि …. यसरी नै बिरोध गरेर …. गर्नुपर्छ अब युबाहरुले
चित्त नबुझे आफू नेतृत्वमा आउ सुधार गर तरआवारागिरी कहिलेसम्म गर्छौ आफुलाई बरबाद वनाउदै गलत तरिकाले हुल्डरवाज नगर