नेकपा एस : वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेको उम्मेदवारी
नेपाल प्रेस
२०८१ भदौ ११ गते ९:४७
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै छ । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।
नेकपा एसको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एसको महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन ।
सहमति जुट्न नसकेपछि आज निर्वाचनबाट पदाधिकारी चयन हुँदैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर