रास्वपाको राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने, १५ उपसमिति गठन (भिडिओ) – Nepal Press

रास्वपाको राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने, १५ उपसमिति गठन (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने जनाएको छ।

पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले बैठकले असोज १ र २ गते हुने भेलामा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

उनले भने, राष्ट्रिय भेलामा १४ सय जना आधिकारिक प्रतिनिधि सहभागी हुने। अनौपचारिक रूपमा त्यसभन्दा धेरैको अपेक्षा गरेका छौँ।

उनले आजको बैठकले १५ वटा उपसमिति गठन गरेको पनि बताए । रास्वपाले यसअघि नै काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

यस्तै, बैठकमा स्थानीय छाया सरकार सम्बन्धी कार्यविधि कार्यवाहक महामन्त्रीले पढेर सुनाएको उनले बताए।

उनले भने, ‘आजको बैठकमा कार्यविधि प्रस्तुत भएको छ। त्यसमा अध्ययन गरेर अर्को बैठकबाट निर्णय गर्नको लागि स्थानीय छाया सरकार कार्यविधि अध्ययनको लागि उहाँले समय उपलब्ध गराउने र अर्को बैठकमा छलफल गरेर निर्णयार्थ प्रस्तुत हुन्छ।’


प्रतिक्रिया

One thought on “रास्वपाको राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने, १५ उपसमिति गठन (भिडिओ)

  1. मेरो रास्वपालाइ के सुझाव के छ भने सदस्यता वितरण गर्दा एउटा मापदण्ड बनाएर गर्नुस यो मेरो नजिकको मान्छे भनेर कहिल्यै वितरण नगर्नुस।बिधान अछ्यरस लागू गर्नुस।होडबाजी नगर्नुस सद्स्यता वितरण गर्दा।यति गर्नु भो भने माथि उक्लिनुहुन्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर