कांग्रेस सांसदको प्रश्न- खुलामञ्चमा हिजो देखिएको आक्रोशले कतातिर संकेत गरिरहेको छ ? (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले हिजो खुलामञ्चमा भएको आक्रोशलाई बुझ्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै हिजो खुलामञ्चमा हिजो जुन आक्रोश आयो यसले कतातिर संकेत गरिरहेको छ ? भन्दै प्रश्न गरे।
हिजो गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो।
सांसद बजगाईँले अगाडि भने, ‘कुन सरकारलाई पत्याउने ? यो भन्दा अगाडि पनि हामी सरकारमा थियौँ। त्यो सरकारले विद्युतको बक्यौता छुट गर्यो भन्ने छ, अहिलेको सरकारले भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीलाई सामेल पनि गराउँदिन भनेको छ।’
दुई चार जना भाडाका टट्टुले ट्रेण्ड बनाए भन्ने मूर्खहरूलाई जवाफ दिन आवश्यक छैन ।