०७७ साल ६५७ स्थानीय तहमा अस्पताल शिलान्यास भयो तर धेरै बनेनन् : सांसद खतिवडा (भिडिओ)
नेपाल प्रेस
२०८१ भदौ ११ गते १४:०३
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशका सबै स्थानीय तहमा स्रोत साधनसहितको अस्पताल बनाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री हुँदा शिलान्यास भएका अस्पतालहरूको अवस्थाबारे जानकारी मागे।
उनले भने, २०७७ साल मंसिर १५ गते देशका ७५३ मध्ये ६५७ अस्पतालहरूको शिलान्यास भयो। आज धेरै अस्पतालहरू बनेका छैनन्। काहीँ शिलान्यास भएको ठाउँमा मूर्ति एउटा बनेको छ अस्पताल बनेका छैनन्। बनेका ठाउँमा भवन बनेको छ। अरू स्रोत साधन छैनन्। जनतामा पलाएको आशाको दियो निमेर गएको छ।’
प्रतिक्रिया
सम्बन्धित खवर