भौतिक मन्त्रालयका ६३ उपसचिव र ७ जना शाखा अधिकृतको सरुवा (सूचीसहित)
सडक डिभिजन प्रमुख र आयोजना प्रमुख पनि हेरफेर
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६३ जना उपसचिव र ७ जना शाखा अधिकृतको सरूवा गरेको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्रांकित द्धितिय श्रेणी (उपसचिव) र राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघराज मरासिनीको सडक सुधार तथा विकास योजना कार्यालय काडमाडौं-भक्तपुर नगरकोट सिपाघाट) सडक आयोजना प्रमुखमा पठाइएको छ ।
यस्तै सडक डिभिजन कार्यालय ललितपुरका डिभिजन प्रमुख आशिष थापा मगरको पुल सेक्टर नेपालगञ्जमा योजना प्रमुखमा सरुवा भएको छ ।
उपसचिवमा नयाँ नियुक्त भएका सतिश सुवेदीको डुम्रे बेँशीसहर चामे सडक योजनाको सडक विभाग पुल योजना प्रमुखमा पदस्थापन भएको छ भने नयाँ नियुक्त भएका कृष्णबहादुर कुँवरको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंमा सिनियर डिभिजनल प्रमुख (सीडीई) मा पदस्थापन भएको छ ।