हुण्डाईको परिस्कृत भर्सन क्रेटा- यस्ता छन् आरामदायी र उन्नत सुविधा – Nepal Press

हुण्डाईको परिस्कृत भर्सन क्रेटा- यस्ता छन् आरामदायी र उन्नत सुविधा

काठमाडौं । लक्ष्मी हुण्डाई इन्टर कन्टिनेन्टलले नाडा अटो शोमा परिस्कृत भर्सनको क्रेटा प्रदर्शनीमा राखेको छ । नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेका छन ।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेड ल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा रहेको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ ।

यसमा दुबै स्कुन समान १०.२५ इन्चका छन् । स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् । जसले यस गाडीलाई थप आरामदायी ड्राइभिङ अनुभव दिने विश्वास गरिएको छ।नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ ।

यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड – स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाईलाइन)ले चालक सुरक्षाक प्रत्याभुति गराउँछ ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन ।

१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी, र आइभीटी उपलब्ध छन । नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा सेकेण्ड जेनेरेशको परिस्कृत संस्करण हो । यसमा एडार लेभल सेफ्टी फिचरमा छ । ३६० डिग्री क्यामेरा, प्रोजेक्टर हेटलाइड एलइडी छ । स्मार्ट कन्ट्रोल रहेको छ । कम्पनीका अनुसार नयाँ हुन्डाई क्रेटा ई, ईपीएल, एस (ओ), एसएक्स, एस (ओ) सीभीटी, एसएक्स टेक, एसएक्स टेक सीभीटी र एसएक्स (ओ) सीभीटी भेरियन्टहरू तथा ६ भिन्न रंगहरूमा उपलब्ध छन ।
नेपालकै उत्तम एसयूभीको रूपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पले यात्रामा थप आरामदायी र उत्साह प्रदान गर्ने कमपनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *