भैरहवामा पुनः उडान भर्न र जलविद्युतमा लगानी गर्न ओमानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री राणाको आग्रह (भिडिओ) – Nepal Press

भैरहवामा पुनः उडान भर्न र जलविद्युतमा लगानी गर्न ओमानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री राणाको आग्रह (भिडिओ)

काठमाडौं । नेपालको दुई दिने भ्रमणको क्रममा आएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद अल बुसाइदीको भेट भएको छ ।

परराष्ट्र सचिव सेवा लम्सालसहितको डेलिगेसन तहमा भएको भेटमा परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालको जलविद्युतयमा लगानी गर्न तथा भैरहवामा फेरि हवाई सेवा सञ्चालन गर्न आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार मन्त्री राणाले पोखरामा नयाँ उडान भर्न तथा भैरहवामा पहिले जस्तै फेरि उडान भर्न आग्रह गरेकी छन् । यस्तै नेपालको पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्न पनि उनले आग्रह गरेकी छन् ।

मन्त्री राणाले पत्रकारहरुसँग कुरा गर्दै ओमानी समकक्षी नेपाली कामदारहरुको हक अधिकार तथा नेपालमा लगानी गर्ने कुरामा सकारात्मक भएको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर