रास्वपाले भन्यो- सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै दिएनन्, हामी कुरिरहेका छौं – Nepal Press

रास्वपाले भन्यो- सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै दिएनन्, हामी कुरिरहेका छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद मनिष झाले पार्टी सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै देखाउन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरु अहिलेसम्म त्यो प्रमाण कुरिरहेको बताए ।

उनले भने, ‘हामी इमानदार प्रयास गर्न आएका हौं । १०९ दिन अगाडि हामीसँग प्रमाण छ भनेर एक जनाले हामीप्रति प्रश्न राखेर तपाईंहरुले सरकारीबाट ऋण लिएको प्रमाण छ भनेर बोल्नुभएको थियो । आजसम्म प्रमाण कुरिरहेका छौं, आएको छैन । हामी डगमगाएका छैनौं । हामी आश गर्दैथ्यौं, विश्वास गर्दैथ्यौं, तर अब अति भयो । हामी आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसक्यौं ।’

कांग्रेसका महामन्त्री गगन थापाले रवि लामिछाने गृहमन्त्री हुँदा सदनमा बोल्ने क्रममा आफूसँग सहकारीबाट ऋण लिएको प्रमाण भएको सदनमै दाबी गरेका थिए ।

त्यो प्रमाण दिए राजनीतिबाट सन्न्यास लिने लामिछानेले घोषणा गरे पनि अहिलेसम्म महामन्त्री थापाले दिन सकेका छैनन् । महामन्त्री थापाको दाबीलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित कांग्रेस नेताहरुले समर्थन जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर