लघुवित्तका ऋणीलाई राष्ट्र बैंकले दियो राहत, कर्जा भुक्तानी अवधि तीन वर्षसम्म थप हुने – Nepal Press

लघुवित्तका ऋणीलाई राष्ट्र बैंकले दियो राहत, कर्जा भुक्तानी अवधि तीन वर्षसम्म थप हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुलाई राहत दिने भएको छ । बैंकले एक सर्कुलर जारी गर्दै समस्यामा परेर कर्जा तिर्न नसकेका ऋणीलाई कर्जा भुक्तानी अवधि तीन वर्ष थप गरी पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

यसअघि यस्तो ऋणको पुनर्तालिकीकरणको अवधि एक वर्षको थियो । यस्तो पुनर्तालिकीकरण भने आगामी पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । यस्तो कर्जालाई ५ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्नेछ, तर निष्क्रिय वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा पूर्ववत कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ ।

यसरी कायम गरिएको कर्जा नोक्सानी व्यवस्था लगातार एक वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइनेछैन ।

यस्तै कर्जा, सापट तथा सुविधा रकम नतिरेको कारण कालोसूचीमा राखिएको ऋणीले कर्जा तथा सुविधाको सम्पूर्ण साँवा ब्याज भुक्तानी गरेको खण्डमा उसलाई कालोसूचीबाट हटाउन सम्बद्ध संस्थाले कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ ।

राष्ट्र बैंकको निर्देशनको अधिनमा रही कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गरेमा समेत सम्बन्धित संस्थाले ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *