धुलिखेल बन्यो एसियाको दोस्रो स्वस्थ शहर, विश्व स्वास्थ्य संगठनबाट ५ हजार डलर पुरस्कार – Nepal Press

धुलिखेल बन्यो एसियाको दोस्रो स्वस्थ शहर, विश्व स्वास्थ्य संगठनबाट ५ हजार डलर पुरस्कार

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डभित्र परेर एसियाकै दोस्रो स्वस्थ शहर बन्न सफल भएको छ । पहिलो स्वस्थ शहर भारतको पुणे नगर बन्दा धुलिखेलले ६५.४८ अंक प्राप्त गरेर दोस्रो स्थानमा रहेको हो ।

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुले एसयिाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको तथा ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त भएको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब जनताको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर सो घोषणा भएको हो ।

धुलिखेल नगरले आगामी दिनमा विश्व स्वास्थ्य संगठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि शहरी स्वास्थ्य सुशासनमा काम गर्ने मेयर ब्याञ्जुले बताए ।

धुलिखेल नगरपालिकाले अपाङ्गता, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *