टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ, हुलहुज्जतमा कसको संलग्नता ? – Nepal Press

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ, हुलहुज्जतमा कसको संलग्नता ?

काठमाडौं । गौरा पर्वको अवसरमा सुदूरपश्चिम सांस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने र भाषणको बेला हुलहुज्जत मच्चाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता नवराज अधिकारीका अनुसार पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन । प्राप्त फोटो र भिडिओका आधारमा केहीलाई निगरानीमा राखिएकोसमेत प्रहरीले जनाएको छ ।

ओली र देउवाले बोल्ने बेला नाराबाजी गर्नेहरु प्रायःको पहिचान भइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये एक जना माओवादी कार्यकर्ता छन् भने अर्को राजावादी रहेको पाइएको छ । उनीहरुले ओली र देउवाविरुद्ध आपत्तिजनक नाराबाजीसमेत गरेका थिए ।

गुप्तचर स्रोतका अनुसार कार्यक्रमस्थल एकै ठाउँमा जम्मा भएर होहल्ला र नाराबाजी गर्नेहरुको भिडिओबाट पहिचान गर्दा अधिकांश राजावादी र केही माओवादी कार्यकर्ता पाइएका छन् । एक जना माओवादी कार्यकर्ता मिडियामा समेत नेता चाहिएन भनेर नारा लगाएको बताएको आधारमा समातिएका छन् ।

नारा लगाउनेहरुले बालेन हाइ हाइ भनेका थिए । आयोजक संस्थाले नाराबाजी गर्नेहरु धेरैजसो सुदूरपश्चिमका नरहेको दाबी गरेको छ । उनीहरुले कार्यक्रम विथोल्न घुसपैठ गरेको आरोप आयोजकको छ ।

सोमवार टुँडिखेलमा भएको हुलहुज्जत र त्यसमा संलग्न व्यक्तिहरु आम युवा नभएर वर्तमान व्यवस्थाकाविरुद्ध परिचालितहरु रहेको विश्लेषण सरकारले गरेको छ ।

एकजना मन्त्रीले भने–सामान्य ब्रिफिङ भएको छ । उनीहरु स्वतन्त्र युवा वा निराश जनता नभएर नियोजितरुपमा परिचालित समूह हुन् भन्ने आएको छ । कोही माओवादी छन्,कोही बालेनवादी,कोही राजावादी,कोही हिन्दुवादीदेखि राजेन्द्र महतोका मुक्तिवादीहरु पनि घुसेका छन् । घुसपैठ गरेर अराजकता सिर्जना गर्ने र नेपाललाई बंगलादेश बनाउँछौ भन्ने आवाजले नै प्रष्ट बुझिन्छ

कांग्रेस सभापति देउवाले गृहमन्त्री रमेश लेखकलाई समेत सो घटनाको छानविन गर्न र अराजकता मच्चाउन खोज्ने तत्वहरुको पहिचान गरी उचित कदम चाल्न भनेका छन् ।


प्रतिक्रिया

3 thoughts on “टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्ने २ युवक पक्राउ, हुलहुज्जतमा कसको संलग्नता ?

  1. कडा कारवाहि गर दलाल भाडाका टट्टुहरूलाई ।

  2. कारवाही गरेर देखा बाङ्लादेश भन्दा ठुलो कान्ड हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर