नेकपा एसको मतदानमा ‘चीट’ लिक, माधव नेपालको लिस्टमा रामकुमारी गायब – Nepal Press

नेकपा एसको मतदानमा ‘चीट’ लिक, माधव नेपालको लिस्टमा रामकुमारी गायब

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटव्युरो सदस्यको निर्वाचनका लागि मतदान भइरहेका बेला जिताउनुपर्ने व्यक्ति भन्दै लिस्ट बाँडिएको छ । ३४४ जना केन्द्रीय कमिटी सदस्यले गर्ने मतदानमा समेत फरक फरक चिट बाँडिएपछि मतदाता अलमलमा परेका छन् ।

अध्यक्ष माधवकुमार नेपाल पक्षबाट जिताउनुपर्ने भनेर बाँडिएको लिस्टमा रामकुमारी झाँक्रीको नाम छैन । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी झाँक्रीको ठाउँमा जयन्ती राईलाई मत दिन भनिएको छ ।

केही नेताले सच्याएर अर्को लिस्ट पनि बाँडेको र त्यसमा झाँक्रीको नाम राखिएको मतदानस्थलबाट एक उम्मेदवारले बताए ।

संस्थापन पक्ष अर्थात माधव नेपाल पक्षका मतदाता धेरै भएकाले उम्मेदवारले आफूलाई पायक पर्नेगरी लिस्ट बाँडेको समेत बताइएको छ । नेपाल पक्षबाट उपमहासचिवमा राजेन्द्रकुमार राई, लक्ष्मण केसी, रामचन्द्र यादव र रामकुमार भट्टराईलाई आधिकारिक उम्मेदवार बनाइएको छ । उनीहरुको नाम सबै लिस्टमा छ ।


प्रतिक्रिया

One thought on “नेकपा एसको मतदानमा ‘चीट’ लिक, माधव नेपालको लिस्टमा रामकुमारी गायब

  1. यो पार्टीमा अब यहि माकुनेमात्र बाँकी हुनुपर्छ । अरू सबैले छोड । यस्ता स्वार्थीको पछि लागेर भविष्य बर्वाद नपार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर