नेकपा एसको मतगणनास्थलमा विवाद – Nepal Press

नेकपा एसको मतगणनास्थलमा विवाद

काठमाडौं । नेकपा एकीकृत समाजवादीकाे जारी मतगणनामा विवाद भएकाे छ।

तीन जना केन्द्रीय सदस्यलाई मतगणना स्थलमा लगेपछि विवाद भएकाे हाे। नेताहरूले मतगणना स्थलमा हाेहल्ला गरेका छन्।

विवाद भएपछि महासचिव घनश्याम भुसालले सबैलाई बाहिर पठाएर हल खाली गराएका छन्।

पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदानमा ३४४ केन्द्रीय सदस्य रहेकाे नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।

डेढ महिनाअघि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत गरेको नेकपा एसले बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न आज मतदान भएको थियाे।

मतदान सकिएपछि अहिले पदाधिकारीको मतगणना चलिरहेको छ।

मतगणना स्थलमा विवाद भएपछि अहिले थप प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर