भारतका जय शाह आइसिसीको अध्यक्ष निर्वाचित – Nepal Press

भारतका जय शाह आइसिसीको अध्यक्ष निर्वाचित

काठमाडौं  । भारतका जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को अध्यक्षमा निर्वाचित भएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सचिवसमेत रहेका शाह निर्विरोध आइसीसी अध्यक्ष निर्वाचित भएका हुन् ।

हालका अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल आउदो नोभेम्बर ३० मा सकिदैछ । निर्विरोध निर्वाचित भएका शाहले आउदो डिसेम्बर १ मा पदभार ग्रहण गर्नेछन् ।

अध्यक्ष निर्वाचित भएसंगै शाहले सदस्य राष्ट्रसँग क्रिकेटलाई थप विश्वव्यापीकरण गर्न नजिकबाट काम गर्न प्रतिबद्ध व्यक्त गरे।

“म आईसीसी टोली र हाम्रा सदस्य राष्ट्रहरूसँग क्रिकेटलाई थप विश्वव्यापीकरण गर्न नजिकबाट काम गर्न प्रतिबद्ध छु। हाम्रो लक्ष्य क्रिकेटलाई पहिलेभन्दा समावेशी र लोकप्रिय बनाउने हो,’ उनले भने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर