नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती विजयी, झाँक्रीले पाइन् ११२ मत – Nepal Press

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती विजयी, झाँक्रीले पाइन् ११२ मत

काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतपरिणाम आइसकेको छ ।

नतिजाअनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् ।

राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

आधिकारिक घोषणा हुन भने बाँकी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर