आज बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक – Nepal Press

आज बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधवार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउँदैछ । तरलता बढी भएकाले केन्द्रीय बैंकले बैंकहरुबाट पैसा खिच्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थालाई निक्षेप राख्न बुधवार ३ बजेसम्मका लागि आह्वान गरिएको छ । बोलकबोल माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । बुधवार जारी हुने निक्षेपको सावाँ ब्याज भुक्तानी असोज २ गते हुनेछ ।

राष्ट्र बैंकले भदौ २ गते १ खर्ब रुपैयाँको निक्षेप जारी गरेको थियो । त्यतिबेला १ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँको कबोल परेको थियो ।

चालू आर्थिक वर्ष (२०८१/०८२) को हालसम्म १ खर्ब ८७ अर्ब ८० करोड रुपैयाँको निक्षेप बोलकबोलका माध्यमबाट तरलता खिचेका छ।

राष्ट्र बैंकले चालु आवको हालसम्म ५१ खर्ब ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको यस्तो सुविधा लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *