विवादित नियमावलीअनुसार सर्वोच्चका न्यायाधीश नियुक्त गर्न लागिएको भन्दै नेपाल बारको आपत्ति – Nepal Press

विवादित नियमावलीअनुसार सर्वोच्चका न्यायाधीश नियुक्त गर्न लागिएको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसनले विवादित नियमावलीका आधारमा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति प्रकृया अगाडि बढाइएको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै नेपाल बारले गत वर्ष गरिएको नियमावली संशोधन खारेज हुनुपर्ने माग दोहोर्याएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशका चार वटा दरबन्दी रिक्त छन् । प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा हाल १७ जना मात्र छन् । आगामी महिना यो संख्या १५ मा झर्दै छ ।

विशिष्ट श्रेणीका न्याय सेवाका कर्मचारीलाई न्यायाधीश नियुक्त गर्दा उनिहरुलाई वरियताक्रममा अगाडि पर्ने गरि नियमावली संशोधन गरिएको थियो । न्याय परिषद्को आगामी बैठक भदौ १७ गते बस्ने तयारी छ जसले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर