प्रकाश तामाङलाई सहयोग गर्ने कोशी सरकारको घोषणा – Nepal Press

प्रकाश तामाङलाई सहयोग गर्ने कोशी सरकारको घोषणा

विराटनगर । ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको भन्दै उनलाई सरकारले सहयोग गर्ने बताए ।

कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने कार्कीले बताए ।

संघीय सरकारबाट नागरिकताको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उनलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए ।

‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो’, मुख्यमन्त्री कार्कीले भने, ‘त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्नसक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौं ।’

पत्रकार विद्या चापागाईंले गोर्खाको चुमभ्यालीमा भेटेपछि प्रकाशलाई ३५ वर्षपछि परिवारसँग पुनर्मिलन गराएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर