इन्भेष्टमेन्ट मेगा बैंकले पायो ४ अर्ब ४ करोडको ऋणपत्र निष्कासन गर्ने अनुमति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र निष्कासनको अनुमति दिएको हो ।
बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । बैंकले कुल कित्तामध्ये १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
त्यस्तै बाँकी २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको रहेको २४ लाख २४ हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।
बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । जसको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।