१५ वर्षदेखि एउटै खुट्टाले बाँचेका डल्लुको दुवै मिर्गौला फेल, उपचारका लागि सहयोगको आग्रह – Nepal Press

१५ वर्षदेखि एउटै खुट्टाले बाँचेका डल्लुको दुवै मिर्गौला फेल, उपचारका लागि सहयोगको आग्रह

काठमाडौं । उपचारको पर्खाइमा विछ्यौनामा पल्टिरहेका छन् झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ निवासी डल्लु सार्की । ट्र्याक्टरमा काम गर्ने गरेका उनको करिब डेढ दशकअघि धानमा थ्रेसर लगाउने क्रममा दाहिने खुट्टा गुमेको थियो । त्यसपछि एकै खुट्टाको सहाराले कष्टकर जीवन बिताइरहेको उनलाई अहिले अर्को बज्रपात परेको छ ।

उनको अहिले दुवै मिर्गौला फेल भएका छन् । जसका लागि नियमित डायलसिस गर्नुपर्ने बाध्यता छ ।

उनलाई झापाको मेची अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । तर उनको आर्थिक अवस्था नाजुक भएपछि उनलाई घरमै लगिएको छ । उनी र उनका परिवारले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् ।

उनलाई विराटनगर कोशी प्रादेशिक अस्पतालमा नियमित डाइलसिस गराउनुपर्ने पारिवारले जनाएको छ । जसका लागि आफूहरुको अवस्था नभएपछि सहयोगका लागि अपील गरेको हो ।

उनकी श्रीमतीपनि करिब डेढ दशकदेखि नै बिरामी छिन् । उनको छोरा सुवास सार्की गाउँमै ट्र्याक्टर चलाउने गर्थे । बाबुको त्यस्तो अवस्था भएपछि घरमै बसेर स्याहार गरिरहेका छन् । आफ्नो बाबुको उपचार गराउने चाहना हुँदाहुँदै पनि सुवाससँग पैसा छैन । उनी मलिन हुँदै आफ्नो बुबाको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्छन् ।

उनले आफ्ना छरछिमेक र देश विदेशमा रहने सम्पूर्णमा आफ्नो बुबाको उपचारमा सहयोग गरेर ज्यान बचाउन आग्रह गरेका छन् । त्यसका लागि सहयोगी गर्न इच्छुकहरुले उनको आधिकारिक बैंक खातामा जम्मा गर्न सक्छन् । जसका लागि छाेरा सुवास सार्कीकाे झापा गाेलधापमा रहेकाे एक्सल डिभलेपमेन्ट बैंककाे खाता नं. 02601000237325000001 मा सहयोग गर्न सकिनेछ ।

त्यस्तै, क्यूआरमार्फत पनि सहयाेग गर्न सकिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर