जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवारी शुल्क ५५ हजार, अन्यकाे कति ?
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी शुल्क ५५ हजार तोकेको छ ।
नयाँ कार्य समिति चयनका लागि संघको निर्वाचन आगामी भदौं २९ गतेका लागि तोकिएको छ । भदौं ११ गते बसेको संघको बैठकले उम्मेदवारी शुल्क तोकेको र उम्मेदवारी फिर्ता लिएमा शुल्क फिर्ता नहुने अध्यक्ष ललित कुमार साहले जानकारी दिए ।
उनका अनुसार अध्यक्षमा ५५ हजार, बरिष्ट उपाध्यक्षमा ५१ हजार, उपाध्यक्षमा ५० हजार, महिला उपाध्यक्षमा ३० हजार र महासचिवमा ४५ हजार उम्मेदवारी शुल्क लिने निर्णय भएको छ ।
यस्तै सचिव, कोषाध्यक्ष, एशोसिएट सदस्य, संगठित सदस्य र सम्बद्ध सदस्याका लागि उम्मेदवारी शुल्क ४० हजार तोकिएको छ । कार्यसमिति सदस्यलाई २१ हजार र मतदाता नामावली शूल्क ५०० कायम गरिएको छ ।
निर्वाचनबाट संघको १७ सदस्यीय कार्यसमिति चयन गरिनेछ । अध्यक्षका लागि सुरेन्द्र भण्डारी, जीतेन्द्र प्रसाद साह र मनिष रमन साह उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
थुक्क! जताबाट पनि गरिब मारा निणर्य गरेको होलानी 🤔 को चैं सामान्य नेता ५५०००/- तिरेर उधोग वाणिज्य संघका अध्यक्षका लागि जानसक्छ र 🤔 त्यही धनीलाई पुरस्कारको विजेता घोषित गराउनका लागि होला!जे होस् सद्बुद्धि पलावस् 🙏