टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति भीम रावलको विरोध – Nepal Press

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति भीम रावलको विरोध

काठमाडौं । नेकपा एमालेको नेता भीम रावलले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति विरोध जनाउका छन्।

टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानको उल्लंघन भएको उनको तर्क छ।

उनले भनेका छन्, ‘टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लङ्घन हो। जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरङ्कुश स्वेच्छाचारी। जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तव्य हो।’

ओली र देउवाविरुद्ध नाराबाजी गर्नेहरूले भीम रावलको पक्षमा भने नारा लगाएका थिए।


प्रतिक्रिया

One thought on “टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गरेकोप्रति भीम रावलको विरोध

  1. यो मान्छे कस्ता अराजकको संरक्षक हुन थालेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर