माओवादी सांसदको आरोप- चन्दा असुलेर हतियार तस्कर गर्नेले जनयुद्धलाई ‘हिंसा’ भने (भिडिओ) – Nepal Press

माओवादी सांसदको आरोप- चन्दा असुलेर हतियार तस्कर गर्नेले जनयुद्धलाई ‘हिंसा’ भने (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको टिप्पणी गरे ।

उनले भने, ‘०५२ सालको सशस्त्र जनयुद्ध एकात्मक शासन व्यवस्थाको विरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तिको बिगुल प्रचण्डको नेतृत्वमा फुकिएको हो । तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’

हिजो प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भट्टराईले माओेवादीको १० वर्षे हिंसा भनेपछि सदनमा आरोप-प्रत्यारोप चलेको थियो । सांसद लामा बौद्ध गुम्बाका मूर्ति चोरी तस्करीको अभियोगमा जेल सजाय काटेका व्यक्ति हुन् ।


प्रतिक्रिया

One thought on “माओवादी सांसदको आरोप- चन्दा असुलेर हतियार तस्कर गर्नेले जनयुद्धलाई ‘हिंसा’ भने (भिडिओ)

  1. मूर्ति चोरले अरूलाई भन्न सुहाएन । लाज पचेर अब अराजक हुन थालेछन् खाओवादीहरू । सुन तस्करहरूलाई एक एक गरेर जेल कोच ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर