एमाले सांसदको माग- नेपाललाई सनातन हिन्दू राष्ट्र बनाऔं (भिडिओ) – Nepal Press

एमाले सांसदको माग- नेपाललाई सनातन हिन्दू राष्ट्र बनाऔं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले संविधन संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउन माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेताहरुले उत्कृष्ट संविधान भनेपनि उन्नति र पहिचान नदिएकाले जिकिर गरे।

उनले भने, ‘हामीले देशलाई धर्म निरपेक्ष राष्ट्र बनायौं, हाम्रो सामु प्रश्न खडा भएको छ । हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ। सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने तर, यो संविधानले उन्नति नै दिइराखेको छ । न त पहिचान त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दू राष्ट्रको पहिचान दिऔँ।’

उनले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउँदा विश्व स्वास्थ्य संगठनको उम्मेदवारी दिँदा पनि हारिएको दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर