प्रचण्डलाई गगनको सुझाव- आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस् (भिडिओ) – Nepal Press

प्रचण्डलाई गगनको सुझाव- आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आवेग र उत्तेजनताको राजनीति नगर्न सुझाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिपक्षले सरकारमाथि प्रश्न उठाउने पाउने अधिकार भएपनि  प्रचण्ड धेरै बहकिएको टिप्पणी गरे ।

उनले भने, ‘प्रतिपक्षमा बस्दै गर्दा पनि सिस्टमको अपोजिसन होइन, सरकारको मात्रै अपोजिसन हो । सरकारले पनि त्यसको सम्मान गर्नुपर्छ, गरि पनि रहेको छ । गरेन भने हामी छौं । विपक्ष दलको जिम्मेवारी जसले लिएको छ त्यसले पनि सोच्नुपर्छ । एकछिनको लाभ र अन्तरविरोधमा खेल्नको लागि यतिधेरै पनि बरालिनुहुन्न कि आफूले लगाएको आगोले आफैंलाई पोल्नसक्छ । आफैंलाई जलाउन सक्छ, बाल्न सजिलो छ, निभाउन गाह्रो छ ।’

सरकारमाथि प्रश्न उठाउनु प्रतिपक्षको मुख्य काम नै भएको बताए । तर, प्रचण्डले बोल्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिँदै सरकारलाई चेृतावनी दिएकोप्रति आपत्ति जनाए ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्डलाई गगनको सुझाव- आफैंले लगाएको आगोले जलाउन सक्छ, ख्याल गर्नुस् (भिडिओ)

  1. प्रचण्डको अभिव्यक्तिबाट उनी र माओवादीको अन्त्य अवश्यम्भावी छ ।

  2. अब सानातिना भुरे टाकुरे पार्टीलाई चुनावबाट नै नेपाली जनताले सोलोडोलो पार्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर