प्रचण्डलाई एमालेको जवाफ- तपाईंकहाँ कोही पनि आउनेवाला छैन, अब भ्रममा नबस्नू (भिडिओ) – Nepal Press

प्रचण्डलाई एमालेको जवाफ- तपाईंकहाँ कोही पनि आउनेवाला छैन, अब भ्रममा नबस्नू (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिनासाथ रन्थनिएर आन्दोलनको हुँकार गर्दै हिँडेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमाले र कांग्रेस पनि आन्दोलनबाटै आएकाले धेरै उद्देलीत नहुन आग्रह गरे ।

उनले भने, ‘अहिले बनेको सरकारभन्दा गतिलो संख्या अरुबाट पुग्दैन। यो सरकारप्रति जनताको आशा र विश्वास छ । प्रचण्डजीले धम्कीपूर्ण प्रमे गितको सुशेली हाल्नुभयो। म कहाँ नआउ है भनेर, कोही पनि आउनेवाला छैन भ्रममा नबस्नु, एक्लै लड्नु ।’

प्रचण्डले सदनमा बोल्ने क्रममा कांग्रेस एमालेलाई बीचैमा झगडा गरेर लौन प्रचण्डजी भन्दै आफूलाई फुक्र्याउन नआउनू भनेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर