विद्युतीय गाडीमध्येको सबैभन्दा धेरै रेञ्ज दिने स्काईवेल, ९७५ रुपैयाँको चार्जले ६२० किलोमिटर गुड्ने – Nepal Press

विद्युतीय गाडीमध्येको सबैभन्दा धेरै रेञ्ज दिने स्काईवेल, ९७५ रुपैयाँको चार्जले ६२० किलोमिटर गुड्ने

काठमाडौं । नाडा अटो शोमा सबैभन्दा धेरै रेञ्ज दिने गाडीको चर्चा धेरै छ । भृकुटीमण्डपमा चलिरहेको शोमा स्काईवेलको स्टलमा धेरैको आखा गाएको छ । अर्थात आकर्षणको केन्द्र नै बनेको छ । जी मोटर्सले यो गाडी शोमा राखेको छ ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले नाडामा आएकाहरुले स्काईवेल बी ११ गाडी धेरैले मनपराएको बताए ।

उनले भने, ‘नेपालमा नै सबैभन्दा धेरै रेञ्ज दिने गाडी नै स्काईवेल ११ हो ।एकपटक चार्ज गरेपछि सो गाडीले ६२० रेन्ज दिन्छ । स्काईवेल बी ११ मा पनि दुई प्रकारका गाडी छन् । एउटाले ६२० र अर्कोले ४१० रेञ्ज दिन्छ । ६२० रेञ्ज दिने गाडी चार्ज गर्दा ६५ युनिट विद्युत खपट हुन्छ । भने, ४१० रेञ्ज दिने गाडी चार्ज गर्दा ४५ युनिट विद्युत खपट गर्छ । आजसम्म ३५ वटा गाडी बुकिङ भइसकेको छ ।’

६२० रेञ्ज दिने गाडी चार्ज गर्दा ६५ युनिट विद्युत खपत गर्दा प्रतियुनिट १५ रुपैयाँको दरले ९७५ रुपैयाँको विद्युत खर्च हुन्छ । भने, ४१० रेञ्ज दिने स्काईवेलले एक पटक फुल चार्ज गर्दा ४५ युनिट विद्युत खपत गर्दा प्रतियुनिट १५ रुपैयाँको दरले ६७५ रुपैयाँको विद्युले ४१० किलोमिटर गुड्ने गोलालले बताए ।

जी मोटर्सले स्काईवेल गाडीको बिक्री गत वैशाखबाट सुरु गरेको थियो । हालसम्म कम्पनीले ४० वटा गाडी विक्री गरिसकेको छ ।

नाडा अटो शोमा कति छुट ?

नाडा अटो शोमा गाडी बुकिङ गर्दा कम्पनीले ४ लाखभन्दा धेरै छुट दिएको छ । कम्पनीका अनुसार ४१० किलोमिटर रेन्ज दिने ८० लाख रुपैयाँ मूल्य पर्ने सो गाडी नाडामा बुकिङ गर्दा ७५ लाख ९० हजार रहेको कम्पनीले बताएको छ ।

भने, एकपटक फुल चार्ज गरेपछि ६२० किमी गुड्ने गाडी ८५ लाख ९० हजारमा विक्री गरिरहेको छ । शोभन्दा बाहेक सोरुमा गएर किन्दा ६२० रेञ्ज दिने सो गाडीको मूल्य ९० लाख रुपैयाँ रहेको छ ।

विश्वका ६५ देशहरूमा स्काईवेलका गाडी सञ्चालनमा रहेको कम्पनीले बताएको छ । गाडीको रेञ्ज अनुसार ५८ किलोवाट आवर र रेञ्ज ७१ किलोवाट आवरको ब्याट्री रहेको छ । गाडीमा ५१।९२ किलोवाट आवर र ७१।९८ किलोवाट आवर ब्याट्री क्षमता रहेको कम्पनीले बताएको छ । स्काईवेल चीनमा निर्माण भएको गाडी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *