संविधानमा संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ: कमल थापा – Nepal Press

संविधानमा संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानमा संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

पार्टीको काठमाडौं -२ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले दुई दलिय व्यवस्था कायम गर्नुपर्छ भन्नेहरू प्रजातन्त्र विरोधी र निरंकुशताका पक्षधर भएको समेत आरोप लगाए ।

समानुपातिक र समावेशी मान्यता कमजोर बनाउनु संविधानको भावना विपरित भएको भन्दै थापाले सम्भावित सर्वसत्तावादको विरुद्ध आम नागरिक सचेत हुनुपर्ने समय आएको समेत टिप्पणी गरे ।

देश बचाउन र बनाउन राष्ट्रवादी शक्ति बलियो हुनुपर्ने भन्दै थापाले पार्टीलाई स्थापित र निर्णायक शक्ति बनाउन उठाउन कस्सियर लाग्नुपर्नेमा जोड दिए । प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई,राजाराम बर्तौला, बिश्नुगोपाल श्रेष्ठ ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर