सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर खाली हुन्थ्यो- पदम गिरी (भिडिओ) – Nepal Press

सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर खाली हुन्थ्यो- पदम गिरी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद तथा प्रचण्ड नेतृत्वको सरकारका मन्त्री पदम गिरीले निष्पक्ष छानविन भएको थियो भने सुन तस्करी प्रकरणमा माओवादी हेडक्वार्टर नै रित्तो हुने दावी गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा विहीवार विशेष समय लिएर बोल्दै पूर्व मन्त्री गिरीले संसदलाई जनताको समस्याबारे छलफल गर्ने थलो बनाइनुको साटो हल्का टिप्पणी र छुद्र आरोप लगाएर जग हसाउने काम भइरहेको बताए ।

उनले माओवादी पक्षलाई संसदबाट नभएका आरोप लगाउँने र हल्का टिप्पणी गर्ने काम नगर्न आग्रह समेत गरे ।

गिरीले भने–यहाँ विपक्षी दलको नेता प्रचण्डजीले सुशासनको पाठ पढाउनुभयो । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर भनेर सर्बोच्च अदालतले भन्दा उहाँले उन्मुक्ति दिएको होइन रु बालुवाटारमा गठबन्धनको बैठक बोलाएर जोगाउन खोजेको होइन ? पछि प्रतिपक्षबाट हामीले र सडकबाट जनताले आवाज उठाएपछि सिआइबीलाई घरमा पठाएर बयानको औपचारिकता पूरा गरेर उन्मुक्ति दिनेले सुशासनको कुरा गर्न मिल्दैन । प्रचण्डको नेतृत्वमा सुन तस्करीमा त किर्तिमान नै कायम भएको हो । साँच्चिकै पारदर्शी र निष्पक्ष छानविन भएको थियो भने तपाईको पार्टीको हेडक्वार्टरमा कोही पनि मान्छे खाली हुने थिएनन्,सबै जेलमा हुन्थे । तर तपाईले सबैलाई उन्मुक्ति दिनुभयो ।

सांसद गिरीले प्रचण्डको पालामा सुशासनका नाममा आलोचकलाई विभिन्न केस लगाएर फसाउने र तस्करीमा संलग्न माओवादी नेता कार्यकर्तालाई जोगाउनेबाहेक सुशासनको केही काम नभएको दावी गरे ।


प्रतिक्रिया

2 thoughts on “सुन तस्करीको निष्पक्ष छानविन भएको भए माओवादी हेडक्वार्टर खाली हुन्थ्यो- पदम गिरी (भिडिओ)

  1. सुन तस्करीको धन्दा छुटेकाले अहिले माओवादीहरू संसदमा बरबराउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर