प्रकाशलाई साहूले दिने भए १० लाख, चुमभ्यालीबाट यसरी भयो बिदाई(भिडिओ) – Nepal Press

प्रकाशलाई साहूले दिने भए १० लाख, चुमभ्यालीबाट यसरी भयो बिदाई(भिडिओ)

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् । उनलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरे ।

प्रकाशको बिदाईमा वडा नम्बर ७ छेकम्पारका अध्यक्ष टसी दोर्जे लामा, स्थानीय प्रहरी चौकी र अगुवाहरू भेला भएका थिए ।

चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ ।

लामाले नेपाल प्रेससँग भने, ‘आज प्रकाशलाई छरछिमेकसमेत भेला भएर हार्दिकतापूर्वक बिदाई गरिएको छ । प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिनेछौं ।’

उनले आफू काठमाडौंमै भएकाले प्रकाशलाई यहाँ आएपछि प्रधानमन्त्रीसँग भेटाएर भोजपुर पठाइने बताएका छन् ।

प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।

दशैंमा फेरि फर्किने वाचासहित पोहोर चुमभ्याली फर्किएका प्रकाशलाई नागरिकता साथै रोजगारीको सहयोगका लागि चौतर्फी ढाडस मिलेपछि प्रकाश आजै भोजपुरतर्फ लागेका हुन् ।


प्रतिक्रिया

One thought on “प्रकाशलाई साहूले दिने भए १० लाख, चुमभ्यालीबाट यसरी भयो बिदाई(भिडिओ)

  1. जिवनको मध्यमा हराएको पाईलाहरु ले गन्तब्य पाएको छ ।यसको सम्पूर्ण सफलता हेर्ने कथाको परिवार लाई धन्यबाद हेर्ने कथाको परिवार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *