योगेशलाई माधवले भने- तपाईंलाई नेतृत्वको चाकडी गर्ने अधिकार छ तर जनयुद्धलाई अपमान गर्न पाइँदैन (भिडिओ) – Nepal Press

योगेशलाई माधवले भने- तपाईंलाई नेतृत्वको चाकडी गर्ने अधिकार छ तर जनयुद्धलाई अपमान गर्न पाइँदैन (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जनयुद्धलाई अपमान गर्ने छुट कसैलाई नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै जनयुद्धलाई अवमुल्यन गर्ने मनसायले योगेश भट्टराईले बोलेपछि आफूहरुले प्रतिवाद गरेको बताए ।

उनले भने, ‘धेरै माननीयहरुले हिंसा संसदीय शब्द हो भनेको पनि सुनियो । सवाल शब्दसँग होइन । सवाल कुन नियतका साथ गरियो त्यो हेरिनुपर्छ, माननीय योगेश भट्टराईले जनयुद्ध र आन्दोलनलाई अपमान र खिसीटिउरी गर्ने उद्देश्यका साथ ल्याउनुभयो । हामीले त्यसको प्रतिवाद गरेको हो, आन्दोलनलाई अवमुल्यन गर्ने अधिकार छैन ।’

उनले जनयुद्धबारे पार्टीको भेला प्रशिक्षण सबैतिर विरोध गर्न स्वतन्त्रता भएपनि सदनमा नमिल्ने उनको तर्क छ ।

उनले थपे, ‘कमरेड योगेश भट्टराईलाई आफ्नो नेतृत्वको चाकडी गर्ने अधिकार छ । जनयुद्धबारे विरोध गर्नको लागि उहाँको पार्टीको बैठक भेला प्रशिक्षण सबैतिर स्वतन्त्रता छ । तर नेपालको संविधानले जनयुद्धलाई सशस्त्र संघर्ष भन्छ ।’

 


प्रतिक्रिया

2 thoughts on “योगेशलाई माधवले भने- तपाईंलाई नेतृत्वको चाकडी गर्ने अधिकार छ तर जनयुद्धलाई अपमान गर्न पाइँदैन (भिडिओ)

  1. के को जनयुद्ध त्यो त आतंक थियो गाउमा त्यसको मार मैले पनि खेपेको हो २०५६ सालमा

  2. गुडिरहेको बसमा बम पड्काएर निहत्था मान्छे मार्नेलाई हत्यारा नभएर के साधु हो भन्ने ? यसको पनि हिस्सा कति छ मार्नेमा भाग लगाईदेउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर