टुँडिखेलमा हुलहुज्जत गर्ने तीन जनाको म्याद थप, छुट्टीमा आएका गोपीराम साउदी उड्न नपाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप गरिएको छ । प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि दुई जनाको पाँच दिन र एकजनाको ९ दिन म्याद लिएको हो ।
गत सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा ओली र देउवा अतिथि बनेर पुगेका थिए । नेताद्वयविरुद्ध नाराबाजी र होहल्ला भएको थियो । प्रहरीले दुईजनालाई सोहीदिन र थप एकजनालाई भोलिपल्ट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेत घर भइ वाफलमा रोयल खाजाघर सञ्चालन गर्ने ३४ वर्षिय गोपीराम जैसी, अछाम घर भइ हाल कोटेश्वर बस्ने २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भइ हाल किर्तिपुर बस्ने दिपक सिंह ठगुन्ना रहेका छन् । जैसी र बुढा अघिल्लो दिन र ठगुन्ना भोलिपल्ट पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार जैसी र बुढाको ९ दिन म्याद थप गरिएको थियो । ठगुन्नालाई ५ दिन म्याद लिइएको छ । पक्राउ परेको दिनबाट म्याद गणना हुन्छ ।
पक्राउ परेकामध्ये सुर्खेतका जैसी वैदेशिक रोजगारीका लागि साउदीअरब जाने तयारीमा थिए । उनले टिकटसमेत काटिसकेका छन् । उनको उडान आइतबार रहेको छ । तर, सो दिन उनी हिरासतमै रहने भएकाले साउदी उड्न पाउने छैनन् । प्रहरीले आरोपीलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।
नेपाल प्रेसलाई प्राप्त कागजात अनुसार जैसी रिइन्ट्री भिसामा जान लागेका हुन् । साउदीमा रोजगारी गर्दै आएका उनी छुट्टिमा नेपाल आएका थिए ।
सेप्टेम्बर ६ सम्ममा उनले साउदी फर्किसक्नुपर्ने हुन्छ । तर, अनुसन्धान चलिरहेको अवस्थामा उनी साउदी फर्किन सक्ने सम्भावना क्षीण बनेको छ ।
छुट्टीमा नेपाल आएको कि अराजक कुरा गर्न आएको ? बोल्न पाईन्छ भनेर जे पनि भन्ने ?
मिडिया पनि यस्ता अराजक कुरा गर्नेलाई प्रोत्साहन गरिरहेका छन् । जबकि नेपाल बिग्रनुमा दलाल मिडिया र पत्रकारको महत्वपूर्ण हात छ । अधिकाँश मिडिया र पत्रकार अवैध आम्दानीले चलेका छन् । यिनीहरू पालिने भनेको तस्कर व्यापारी, भ्रष्टाचारी नेता र कर्मचारी, विदेशी दुतावास, चेलिवेटी बेच्नेबाट हो । सम्पत्ति शुद्वीकरण मार्फत यिनको सम्पत्ति र आयस्रोत खोज त कति डरलाग्दो माफियातन्त्र मिडियामा रहेछ भनेर उजागर हुन्छ । यस्ता दलाल मिडियालाई अराजकतामा खेती गर्दा झन आम्दानी हुन्छ । ईमानदार पत्रकार र मिडिया त यी दलालले गर्दा टिक्नै सक्दैनन । झन १२ भाइ त मिडियाका गुण्डा नै हुन् ।
ठिक भयो अराजक हरुलाई साउदिकै कानुन लगाउनु पर्ने
साउदिमा भए झुण्ड्याइन्थ्यो नेपालमा भएर बाचेछ यिनिहरुलाई त पच्याती ब्यवस्था ठिक हुन्थ्यो होला यसरी बोल्न पाइन्थ्यो र ?