एनसेल लाइसेन्स नवीकरणको २० अर्ब चार किस्तामा बुझाउने, पहिलो किस्ता तिरेपछि नवीकरण हुने – Nepal Press

एनसेल लाइसेन्स नवीकरणको २० अर्ब चार किस्तामा बुझाउने, पहिलो किस्ता तिरेपछि नवीकरण हुने

काठमाडौं । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणकाे शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो ।

बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यससँगै अब एनसेलले पहिलाे किस्ता बुझाएपछि मोबाइल नवीकरण हुनेछ भने एनसलले २० अर्ब दस्तुरको ब्याजसहित ४ किस्तामा रकम बुझाउनुपर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर