दोरम्बा शैलुङका पहिरो पीडितलाई एमाले रामेछापबाट ७ लाख बढीको नगद राहत, रत्न गौतमले दिए सवा ३ लाख
काठमाडौं । नेकपा एमाले रामेछापको नेतृत्वमा दोरम्बा लेखर्क शैलुङका पहिरोपीडितलाई साढे सात लाख रुपैयाँ सहयाेग प्रदान गरेकाे छ । मृतकका १० परिवार र अन्य प्रभावित र विस्थापित परिवारलाई विभिन्न स्थान र व्यक्तिबाट प्राप्त आर्थिक सहयोग प्रदान गरिएको हाे ।
व्यक्तिगत रुपमा प्राप्त ७ लाख ५० हजार रुपैयाँ एमाले रामेछापको नेतृत्वको उपस्थितिमा सम्बन्धितलाई हस्तान्तरण गरिएको अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।
सहयाेग दिनेहरुमा नेकपा एमाले बागमती कमिटी सदस्य रत्न गाैतमले ५९ परिवारका लागि ५ हजार ५०० का दरले ३ लाख २४ हजार ५०० रुपैयाँ प्रदान गरेका छन् ।
एमाले रामेछापले सहयोग गर्नेहरुलाई धन्यवाद दिएको छ ।