मुख्यसचिवमा अर्याल नियुक्तपछि सचिव ज्ञवालीले दिए राजीनामा – Nepal Press

मुख्यसचिवमा अर्याल नियुक्तपछि सचिव ज्ञवालीले दिए राजीनामा

काठमाडौं । नयाँ मुख्यसचिव नियुक्त भएसँगै बरियताको पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले सचिवबाट राजीनामा दिएका छन् ।

सचिवको बरियताको चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् ।

ज्ञवालीको सचिवको ५ वर्षे कार्यकाल १० दिनपछि अर्थात भदौ २२ गते अनिवार्य अवकाशमा जाँदै थिए । आफु भन्दा चौथो नम्बर बरियतामा पछि रहेका सचिव मुख्यसचिव नियुक्त भएपछि ज्ञवालीले राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा पनि स्वीकृत गरिसकेको छ ।

सचिव पदमा कार्यरत ७० जनामध्ये सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली नै हुन् । उनी वर्तमान मुख्यसचिव गड्तौला भन्दा पनि वरिष्ठ हुन् ।

२०२५ साल फागुन २६ गते जन्मिएका ज्ञवाली ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अबको १० दिन पछि अर्थात भदौ २२ गते अनिवार्य अवकाशमा जादैँ थिए ।

सहसचिवबाट २०७६ सालमा सचिवमा बढुवा भएका ज्ञवालीको पहिलो पदस्थापन लुम्बिनी प्रदेशको प्रमुख सचिवमा भएको थियो । लुम्बिनी प्रदेशको प्रमुख सचिव भएर २०७६ भदौ ९ देखि २०७७ मंसिर २२ गतेसम्म १५ महिना बिताएका थिए ।

त्यसपछि उनी राष्ट्रपति कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिव हुँदै राष्ट्रिय योजना आयोगको सचिव भएका थिए । उनले राष्ट्रपति कार्यालयमा २०७८ असार २२ देखि २०७९ साउन २२ सम्म एक वर्ष बिताएका थिए ।

ज्ञवालीसँगै २०६६ सालमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएका ७ जना सहसचिव मध्ये पहिलो नम्बरमा सिफारिस भएका सुरेश अधिकारी ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अहिले संघीय संसद सचिवालयमा प्रतिनिधि सभा सचिवको जिम्मेवारीमा छन् ।

दोस्रो नम्बरमा सिफारिस भएका हरि पौडेल सचिवको कार्यकाल पुरा गर्न नपाउदैँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको पदमा नियुक्त भएर कार्यरत रहेका छन् ।

तेस्रो नम्बरमा सिफारिस ज्ञवाली नै भएका थिए । उनी अहिले राजपत्रांकित विशिष्ट श्रेणी अर्थात मुख्यसचिव र सचिवमा कार्यरत ७० जना मध्ये सबैभन्दा बरिष्ठ सचिव हुन् ।

चौथो नम्बरमा सहसचिव सिफारिस भएका तोयम राय सचिवको कार्यकाल पुरा नहुदैँ महालेखापरीक्षक पदमा कार्यरत छन् भने पाँचौ नम्बरमा सिफारिस भएका केवलप्रसाद भण्डारी ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गइसकेका छन् ।

छैटौ नम्बरमा सहसचिव सिफारिस भएका हरिप्रसाद बस्याल सचिवबाट अनिवार्य अवकाशमा गइसकेका छ भने सातौ नम्बरमा सहसचिव सिफारिस भएका सुदर्शनप्रसाद ढकाल पनि अनिवार्य अवकाशमा गइसकेका छन् ।


प्रतिक्रिया

2 thoughts on “मुख्यसचिवमा अर्याल नियुक्तपछि सचिव ज्ञवालीले दिए राजीनामा

  1. दम भए सर्सर्वोच्च अदालतको ढोका ढक् ढक्याउने पो हो भाग्ने होइन।

  2. हाम्रा देशआ जिसका भैस उसका लाठी भन्या यहीँ होइन र?को को कुन कुन पार्टी समर्थित हुन।आफू ले समर्थन गरेको पार्टी आउँदा ठ्याक्कै पद खाली भए तालुमा आलु फले जस्तै हो।आएन भने गयल भैस पानी मे भन्दा जस्तै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *