राष्ट्रपतिको सवारी भन्दै भक्तपुर दरवार स्क्वायरबाट हटाइयो सर्वसाधरणलाई
नेपाल प्रेस
२०८१ भदौ १४ गते ११:३१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको सवारी भन्दै भक्तपुर दरवार स्क्वायरमा बसेका सर्वसाधरणलाई प्रहरीले हटाएको छ ।
राष्ट्रपति पौडेलले भक्तपुर दरवार स्क्वायरको अवलोकन गर्ने भएपछि प्रहरीले त्यहाँ बसेका सर्वसाधरणलाई हटाएको हो ।
राष्ट्रपति पौडेलको महिनामा एकदिन ‘सार्वजनिकस्थलमा राष्ट्रपति’भन्ने कार्यक्रम अन्तरगत सार्वजनिकस्थलमा जाने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रम अन्तरगत राष्ट्रपति पौडेल पहिलो पटक आज भक्तपुर दरवार स्क्वायर पुगेका थिए ।
उनले ऐतिहासिक दरवारस्क्वायरको अवलोकन गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर