राजेन्द्र लिङ्देनको विश्वास- राप्रपा आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ – Nepal Press

राजेन्द्र लिङ्देनको विश्वास- राप्रपा आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टी पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । केन्द्रीय सल्लाहकार समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई निराशाको कुरा छाडेर पार्टी निर्माणमा लाग्न निर्देशन दिए ।

राप्रपालाई अझै मजबुद ढंगले अगाडि बढाउँनुपर्ने उल्लेख गर्दै अहिले देखिएका सबै विसंगति र विकृत्तिविरुद्ध सडकमा समेत जाने बताए ।

उनले भने, ‘अझै समय छ यही बीचमा पनि हामीले पार्टीलाई सक्रिय बनाउनको लागि वडा तहसम्मै जान्छौं। पार्टीको अभियानलाई पनि आन्दोलनकै अंगको रूपमा अगाडि बढाउनुपर्छ, हामीले थालेको अभियानलाई निष्कर्षमा पुर्‍याउनुपर्छ, जहिले पनि निराशाको कुरा गरेका हुँदैन । निराशाको कुरा छाडेर सबै लाग्यौं भनेर राप्रपा आगामी निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्छ । त्यो विश्वासको साथ हामी काम गरिरहेका छौं । मनका कुनै निराशा राख्नुपर्दैन ।’

उनले अब जनताले भोट दिन बाँकी पार्टी राप्रपा बाहेक कोही नभएको जिकिर गरे । अहिले प्रतिनिधिसभाको दुई ठूला दल मिलेर सरकार बनाएपनि अपेक्षाअनुसारको काम गर्न नसकेको दाबी गरे । सरकार निरंकुश बन्दै दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजिरहेको आशंका व्यक्त गरे ।

उनले थपे, ‘देश आँधी आउनुअघिको सन्नाटाको अवस्थामा छ, प्रमुख भनिने राजनीतिक दलहरूबाट देशको विद्यमान परिस्थितिमा सुधार हुने कुनै सम्भावना छैन, राप्रपालाई देशको सर्वाधिक आशा र भरोसाको पार्टी बनाउनुपर्नेछ । पार्टीको सल्लाहकारहरूको यो बैठकले हामीलाई सकारात्मक ऊर्जा, हौसला र मार्गनिर्देश गरोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर