माओवादी कोशीको प्रमुख सचेतकमा गीता तिम्सिना – Nepal Press

माओवादी कोशीको प्रमुख सचेतकमा गीता तिम्सिना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् । मोरङबाट समानुपातिकतर्फकी सांसद तिम्सिनालाई माओवादीले आज प्रमुख सचेतक चयन गरेको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको २ वर्ष पुग्न लाग्दा माओवादीले प्रमुख सचेतकमा तिम्सिनालाई चयन गरेको जानकारी प्रदेशसभामा गराएको छ । दलको उपनेता भने अझै चयन गरिएको छैन । दलमा जिम्मेवारी बाँडफाँट नगरिएको भन्दै नेता इन्द्र आङ्बोको आलोचना हुँदै आएको थियो ।


प्रतिक्रिया

One thought on “माओवादी कोशीको प्रमुख सचेतकमा गीता तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर