क्रिकेटर सोमपाल कामी टेन प्लास्टको ब्राण्ड एम्बेसडरमा अनुबन्धन
रुपन्देही । क्रिकेटर सोमपाल कामी नवलपरासीको टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन् ।
शुक्रबार भैरहवामा एक औपचारिक समारोहमा उद्योगका अध्यक्ष धिरज अग्रवालले कामीलाई उद्योगको प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बासडरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् । सो अवसरमा क्रिकेटर कामीले उद्योगका अध्यक्ष अग्रवाल क्रिकेटप्रेमी समेत भएका, उद्योगको नाम र आफ्नो जर्सी नम्बर समेत मिलेकाले स्वदेशी उद्योगका प्रवद्र्धनमा आफू अनुबन्धित भएको बताए ।
उद्योगसँग अनुबन्धको सम्झौता १५ महिनासम्म लागू हुने उद्योगले जनाएको छ । उद्योगका अध्यक्ष अग्रवालले एक अर्ब लगानीमा २०७७ सालमा स्थापना भएको उद्योगले नेपालमै पहिलोपटक इटालियन प्रविधिबाट प्लम्बिङ सम्बन्धी सबै सामान एउटै उद्योगबाट उत्पादन गरिरहेको र सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।
नेपाल गुणस्तर चिन्ह समेत प्राप्त गरेको उद्योगले जापान, थाइल्याण्ड लगायत देशबाट कच्चा पदार्थ आयात गरिरहेको अग्रवालले बताए । उनले आफू सानैदेखि क्रिकेटको पारखी भएकाले आफ्नो कम्पनीको ब्राण्डका लागि पनि क्रिकेटर नै रोजेको बताए ।