आयल निगम महेन्द्रनगर इन्धन डिपोमा कर्मचारीको हत्या, स्थानीय आन्दोलित
जनकपुरधाम । नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश बर्माको हत्याको विरोधमा स्थानीय आन्दोलन सुरु गरेका छन् ।
आज विहान १० बजे कार्यालयमै कर्मचारी बर्माको सोही कार्यालयका कर्मचारी प्रकाश यादवले विभत्स तरिकाले हत्या गरेका हुन् । हत्यामा संलग्न सबैला नगरपालिका २ का यादव पक्राउ परिसकेका छन् ।
मृतक बर्मा सिरहा नगरपालिका ३ का हुन् । उनका श्रीमती, ५ वर्षीया छोरी र डेढ वर्षका छोरा छन् ।
मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने र अपराधीलाई कडा कारबाहीको माग गर्दै महेन्द्रनगरबासी डिपो अगाडि प्रदर्शन गरिरहेका छन् ।
मृतकको शव पहिले सम्मान घटनास्थलमै छन् । मृतकका छोरा–छोरीलाई शिक्षाको ग्यारेन्टी, उचित राहत र घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग पीडित परिवारको छ ।
डिपो प्रमुख इन्जिनियर मनोज कुमारले वार्ताको नाममा समय बर्बाद गरिरहेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । उनीहरु मृतक परिवारको माग सम्बोधन नगरे सडक अबरुद्ध गर्ने चेतावनी दिएका छन् ।