किन रुन्छिन् घरीघरी रामकुमारी ?
रामकुमारी फेरि रोइन् । उनका ती आँसु उनकै आँखाबाट वर्षिएको जरुर हो, तर पंक्तिकारलाई लागिरहेको छ, ती आँसुभित्र मेरा पनि आँसु मिसिएर बग्यो । अर्थात्, पीडा साझा छ ।
उनी देखिएर रोइन्, हामीले रोएको देखाउन सकेनौं । फरक यत्ति हो ।
नेकपा एकीकृत समाजवादीको असार १६-२० मा सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित हुनुपर्ने केन्द्रीय कमिटी विधिबमोजिम निर्वाचित भएन । नेताका खल्तीबाट निकालिएका नाम र पार्टीलाई ‘कोटरी’ बनाउने अभ्यासअनुसार ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरियो । यही ३४४ भित्रबाट पदाधिकारी तथा पोलिटव्युरो सदस्य चयन गर्न भदौ ९, १० र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाइयो । १० गते शुरु भएको निर्वाचन प्रक्रिया ११ गतेसम्म लम्बियो । १३ गते बैठक सम्पन्न भयो ।
रामकुमारीहरुलाई रुवाउने परिघटनाको मुर्हूत महाधिवेशन सम्पन्न भएको असार २० गतेबाटै शुरु भएको थियो । त्यहाँ तीन नेतालाई पदाधिकारी र बाँकी ९३ जनालाई केन्द्रीय सदस्य घोषित गर्ने काम भयो । त्यही कमिटीले बाँकी केन्द्रीय सदस्य छान्ने र त्यो केन्द्रीय कमिटीभित्रबाट पदाधिकारी छान्ने भनेका मितिबाटै रामकुमारीहरु निराशिए ।
३४४ जना मान्छे छानेर केन्द्रीय कमिटी बन्यो । जसरी हिजो घनश्याम भुसाल भन्ने गर्थे, ‘केपी ओलीले थुक, खकार र रगत जाँचेरमात्रै मान्छे छान्छन् ।’ आज उनै महासचिव भएको पार्टीमा त्यसरी नै केन्द्रीय सदस्य छानियो । उनी आफ्नो भाग लिएर चुपचाप बसे । माधव नेपाल स्वयं थुक, खकार र रगत जाँचेर मान्छे छान्छन् भन्ने कुरामा आजका मितिसम्म पंक्तिकारलाई विश्वास छैन, तर केन्द्रीय सदस्यको सूची हेर्दा त्यस्तै देखिन्थ्यो । त्यहाँ माधव नेपालका ‘हार्डकोर’ टीमभित्रका पनि ‘कोर टीम’ मात्रैको नाम थियो ।
दुई बहिनीको भेट हलभित्रै भयो । कुरा चल्यो । रामकुमारी र उनी पक्षधर हामी जयन्तीसँग भन्दै थियौं, ‘जसरी घनेन्द्र बस्नेत वरिष्ठ नेता बन्ने शर्तमा पछाडि हट्नुभयो र राजेन्द्र पाण्डे निर्विरोध हुनुभयो, अब यो क्लस्टरमा पनि त्यसै गरौं ।’
उदाहरणका निम्ति वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ । २८ वर्ष केपी ओलीको खास मान्छे भनेर चिनिएको र जीवनमा कुनै दिन पनि माधव नेपालको पक्षमा नभएका उनी २०७७ पुस ५ को संसद विघटन भएकै दिनदेखि ओली गलत र माधव सही भन्नेमा पुगे । उनको नेतृत्वमा समाजवादी प्रेस संगठन गठन गर्दा माधव नेपालकै अगाडि उनले भनेका थिए, ‘ओलीभन्दा माधव कम फटाहा हुन्, त्यसैले धेरै ठूलो फटाहालाई छोडेर अलिअलि कम फटाहाको साथमा हामी आयौं ।’
उनी पार्टी गठन गर्दाका केन्द्रीय सदस्य थिए । अहिले परेनन् । किनभने उनको थुक, खकार र रगतमा माधव नेपाल भेटिँदैन ।
शम्भु श्रेष्ठ कुनै दुलोमा लुकेर वा खुलेआम रोए कि रोएनन्, त्यो देखिएन । रामकुमारी रोएको चाहिँ प्रस्टै देखियो ।
अब चर्चा गरौं, रामकुमारी किन पटकपटक रुन्छिन् ?
भदौ ११ गते बिहान पदाधिकारी निर्वाचनका निम्ति मनोनयनपत्र दर्ता गर्दा रामकुमारी जिन्स र भेस्टमा थिइन् । पंक्तिकारसँग त्यही अवस्थामा भेट भयो । ‘हालियो है कमरेड हालियो’ भन्दै उत्साहका साथ उपाध्यक्षको उम्मेदवार भएको कुरा सुनाइन् ।
दिउँसो उनकै क्लस्टर (महिला उपाध्यक्ष) की प्रतिस्पर्धी जयन्ती राईले भनिन्, ‘मेरी प्रतिस्पर्धी बहिनीसँग भेट्न पाए दुई-चार कुरा गर्थें ।’
रामकुमारीको पाखुरामा एलर्जीले डाम बसेको थियो । उनी औषधि किन्न बाहिर निस्किएकी थिइन् । पंक्तिकारले फोन गरेपछि उनी हुर्रिएर आइन् ।
दुई बहिनीको भेट हलभित्रै भयो । कुरा चल्यो । रामकुमारी र उनी पक्षधर हामी जयन्तीसँग भन्दै थियौं, ‘जसरी घनेन्द्र बस्नेत वरिष्ठ नेता बन्ने शर्तमा पछाडि हट्नुभयो र राजेन्द्र पाण्डे निर्विरोध हुनुभयो, अब यो क्लस्टरमा पनि त्यसै गरौं ।’
जयन्तीले माधवबाट वरिष्ठ नेता बनाइने प्रतिबद्धता चाहेकी थिइन् । ‘त्यस्तो कुरामा वचन दिनुभएछ भने ठीक हुन्न’ भन्दै माधवलाई चेतावनी दिनेहरु पनि हलभित्रै थिए ।
जयन्ती भन्दै थिइन्, ‘गर्न त गरौं, तर यो कुरा मलाई माधव कमरेडले पो भन्नुपर्छ त ।’
अर्थात्, माधव नेपालले भन्दा जयन्ती मान्ने पक्षमा थिइन् ।
यो दृश्यलाई हलभरिका मान्छेले निकै चाख दिएर हेरिरहेका थिए । त्यसभित्र माधव नेपालका नाममा फरक फरक गुटबन्दी रचिरहेका नेता पनि थिए ।
जयन्तीले माधवबाट वरिष्ठ नेता बनाइने प्रतिबद्धता चाहेकी थिइन् । ‘त्यस्तो कुरामा वचन दिनुभएछ भने ठीक हुन्न’ भन्दै माधवलाई चेतावनी दिनेहरु पनि हलभित्रै थिए ।
यसप्रकार माधव रनभूल्लमा परे ।
एकछिनपछि पंक्तिकार झाँक्रीको सचिवालय सदस्य शिवलाल सुवेदीसहित माधव नेपालका भित्रिया भनेर चिनिने लक्ष्मण केसीलाई कार्यक्रमस्थलकै एउटा कुनामा भेट्न पुग्यो । त्यसबेला माधव नेपालको लामो समय सचिवालय बसेका व्यक्ति र लक्ष्मणबीच बाझाबाझ चल्दै थियो । कारण थियो, मतदान शुरु हुनुभन्दा एक घण्टाअगावै ती व्यक्तिहरुले फरक फरक चिट बाँडेर मतदातालाई प्रभावित पारेको ।
यसपछि रौतहटकी नेतृ कल्याणी खड्का कार्यक्रमस्थल नजिकैको मट्का चियामा पहेंलो घर खोज्दै पंक्तिकारलाई सोधिरहेकी थिइन्, ‘जगन्नाथ कमरेड यहाँ हुनुहुन्छ ?’ त्यो पहेंलो घरमा थिएन । त्यो घर कार्यक्रमस्थलको ठीक अगाडि थियो । जहाँ उपाध्यक्ष निर्वाचित भएका जगन्नाथ खतिवडासहितका मान्छेहरु बसेर अर्को षड्यन्त्रको तानाबाना बुन्दै थिए । जसभित्र रामकुमारीलाई निषेध गर्ने कुरा प्रतिष्ठाको विषय बनाइएको थियो ।
त्यो घर कार्यक्रमस्थलको ठीक अगाडि थियो । जहाँ उपाध्यक्ष निर्वाचित भएका जगन्नाथ खतिवडासहितका मान्छेहरु बसेर अर्को षड्यन्त्रको तानाबाना बुन्दै थिए । जसभित्र रामकुमारीलाई निषेध गर्ने कुरा प्रतिष्ठाको विषय बनाइएको थियो ।
रामकुमारी सबैका निम्ति समस्या भइन् । महाधिवेशनमा माधव नेपालको पक्षमा बलियोसँग उभिएका कारण यो चुनावमा घनश्यामले साथ दिने सम्भावना त समाप्त भएकै थियो । माधव नेपाल आफैंमा उनीप्रति सकारात्मक हुँदाहुँदै पनि उनका केही भित्रियाका फरक फरक चलखेलको शिकार भएर उनले चुनाव हारिन् ।
आजको दिनमा रामकुमारीले पार्टीभित्रको चुनाव जित्छिन् कि जित्दिनन् भन्ने प्रश्न बिहान भएपछि घाम झुल्किन्छ कि झुल्किँदैन भने जस्तै हो, तर उनले चुनाव हारिन् । हारेपछि मिडियाका शीर्षक जित्नेका भन्दा हार्ने रामकुमारीकै सन्दर्भमा केन्द्रित भयो । ‘किन हारिन् रामकुमारी’, ‘कसरी हारिन् रामकुमारी’, ‘आखिर किन हारिन् रामकुमारी’ जस्ता शीर्षक देखिन थाले ।
रामकुमारीको पराजय सम्झिँदा नेकपा एकीकृत समाजवादी नामक पार्टी केपी ओलीको जस्तै घीनलाग्दो देखिन्छ । प्रस्ट छ, उनलाई माधव नेपाल आफैंले चुनाव हराएका हैनन्, तर चुनाव हराउनेहरु माधव नेपालका भित्रियाहरु थिए ।
राजनीतिमा रामकुमारी हावी हुँदा थुप्रैका ‘पसल’ बन्द हुन्थे । उपाध्यक्ष भएकाहरु सबै नामका उपाध्यक्ष हुन्थे, कामकी रामकुमारी नै हुने थिइन् । त्यसैले ती सबै लागे । उनीभन्दा दुई कार्यकाल अगाडि अखिलको अध्यक्ष भएका राजेन्द्र राई मुस्किलले उपमहासचिव बन्ने दौडमा सरिक हुँदा रामकुमारी एकैचोटी उपाध्यक्ष हुने कुरा अप्ठेरै थियो ।
सोमप्रसाद पाण्डे हुँदाहुँदै लुम्बिनीमा अर्को ‘हाइप्रोफाइल’ नेता उदाउनु अर्को घातक कुरा थियो ।
बैठकअघि सार्वजनिक भएको एक अश्लील दृश्यकी पात्रसँग सम्बन्धित प्रचार फाँटका नेतालाई उनले ‘बाल मतलब’ गरिनन्, यो अर्को कारण भयो ।
कमरेड माधव नेपालले यो पंक्ति पढ्नुभयो भने नोट गरेर राख्नुहोला, टेलिभिजनको पर्दामा रामकुमारीमात्रै रोइन् । पर्दा पछाडि तपाईंका हजारौं सहयोद्धा रोइरहेका छन् ।
एमाले हुँदा माधव नेपालकै पक्षमा लागेका कारण काम र भूमिका नपाएका थुप्रै महिला थिए, जो आज एकीकृत समाजवादीमा छन् । नेपालको राजनीतिक परिदृश्यमा आफ्नै क्षमता र भूमिकाले जबरजस्त स्थापित भएकी रामकुमारी उपाध्यक्ष हुँदा ती सबैका दिन ‘सकिन्थे’ ।
अनि सबभन्दा बलियो कुरा हो, रामकुमारी माओवादीसँग एकतामा जानु हुँदैन भन्ने पक्षकी होनहार नेतृत्वकर्ता हुनु । यथास्थितिमा एकीकृत समाजवादी माओवादीमा एकता वा विलय भयो भने ७० प्रतिशत मान्छे एमालेमा फर्किन्छन् र त्यसको नेतृत्व रामकुमारीले गर्छिन् भनेर कतिपय नेता त्रस्त भए ।
आखिर टीको लगाएको केन्द्रीय कमिटी न छ । जसबाट ती पदाधिकारीले निर्वाचित हुनुपर्ने थियो ।
आँसुको सन्देश
विभिन्न टेलिभिजन अन्तर्वार्तामा खसेका रामकुमारीको आँसु केवल उनको भावुकतामात्रै हैन । हिजो जीवनका प्रारम्भिक समयदेखि खर्चिएको ऊर्जा, उत्साह र उमंगप्रतिको विस्मात पनि हो ।
एमाले बनाउनेहरु को हुन् ? जसरी यसको उत्तरमा आउँछ, उनै माधवकुमार नेपाल, झलनाथ खनाल, घनेन्द्र बस्नेत र यस्ता अनगिन्ती नामहरु, जो एकीकृत समाजवादीमा संगठित छन् । यसरी नै २०४६/०४७ पछिको एमालेलाई जनतामा स्थापित गराउने हस्ती को थिए भन्दा आउने नामभित्र रामकुमारी एउटा बलियो नाम हो ।
जिन्दगीका थुप्रै रहरहरु यो आन्दोलनलाई बुझाएर, निजी चाहना बिर्सिनेहरुको प्रतिनिधि पात्र रामकुमारी हुन् । त्यो एउटा आन्दोलनबाट उठेको व्यक्तित्वमाथि यति ठूलो प्रहार हुँदा कि रुनुपर्छ कि त बहुलाएर हाँस्नुपर्छ । रामकुमारी बहुलाइनन्, मात्रै रोइन् ।
कमरेड माधव नेपालले यो पंक्ति पढ्नुभयो भने नोट गरेर राख्नुहोला, टेलिभिजनको पर्दामा रामकुमारीमात्रै रोइन् । पर्दा पछाडि तपाईंका हजारौं सहयोद्धा रोइरहेका छन् ।
प्रिय कमरेड, स्मरणीय छ, रामकुमारीहरुले केपी ओलीको व्यक्तिवादी अहंकारवादका विरुद्ध विद्रोह गर्दा मध्यपन्थी अवसरवादलाई अस्वीकार गर्दै यहाँसम्म आए । अब यहाँबाट अपमानपूर्वक उनीहरु लखेटिए भने रामकुमारीहरुमात्रै पाखा लाग्दैनन्, तपाईंले सम्हालेको एउटा महान विरासत क्षतविक्षत हुनेवाला छ । अश्लील, अनैतिक र अन्यायपूर्ण कार्य गर्ने कोटरीलाई बेलैमा ठेगान लगाउनुहोला !
माधवकुमार नेपाल र उनको टिम अपराधी छ मैले पनि लामो समय त्यही समुहको नजिक रहेर काम गरे जब २०७५मा तुल्सिलाल स्मृति भवनमा माधवकुमार नेपालको प्रशिक्षणमा गएको प्रधानमन्त्रीलाई अब शव्द बोल्नु हुदैन आमा चकार्नु पर्ने भनेको सुनेपछि म विचमा नै त्यो समुह ठिक छैन भन्ने लागेर कुनै समुहमा नलाग्ने एमाले भएर बस्ने निधो साथ निक्लेको हु म त भुइमान्छे जसरी अटिन्छ तर रामकुमारी जस्ता नेताको हालत के होला
ने क पा एमाले यस्ताे अबस्थामा ल्याउने नाम मदन भण्डारी ,मनमाेहन अधिकारी, भरत माेहन अधिकारी ,के पी ,सुवास लगायतकाे नाम किन हरायाे १५ बर्ष पार्टी हाक्ने ब्यक्तीलाइ त्याे पार्टीको माया हुदैन ,हुन्छ भने संसदिय दलका नेता तथा पार्टी अध्यक्ष प्रधान मन्त्री हुदा हुदै आफ्ना साना तिना स्वार्थ पुरा भएन भनेर प्रतीक्रिया बादि संग मिलेर आफुले जन्माएको सन्तानकाे घाटी निमाेठे जसरी आफ्नाे पार्टी ध्वाेस्त पार्ने केकाे लागी हाेला देश र पार्टी प्रती माया भएको र पार्टी बनाएकाे भनेर कसरी बिश्वास गर्ने हाेला ।
२०४६/०४७ पछिको एमालेलाई जनतामा स्थापित गराउने हस्ती को थिए भन्दा आउने नामभित्र रामकुमारी एउटा बलियो नाम हो भन्नेमा कसैगरी कुनै कोणबाट पनि सहमति हुन सक्ने आधार छैन । उनले कतिजनालाई एमाले बनाईन ? वा उनका कारण कतिजना एमाले बने ? मिडियाले यत्तिकै लेखेर हुन्न नि ! आम नेता कार्यकर्ता र जनताले महशुस गर्नुपर्ने होइन र ! ? ०६२/०६३ को आन्दोलनमा उल्लेखनीय महिला नेत्रीका रूपमा देखिए पनि नेपाली राजनीतिमा उनी कागजी बाघ बाहेक अरु केहि होइनन् झाक्री ! मन्त्री हुँदा देखि छोडदासम्मको उनको रबैयाले उनी नयाँ बोतलमा पुरानै रक्सी रहिछन् भन्ने पनि स्पष्ट भैसकेको छ, होईन र !?
जे हाेस साेल्टिले टेपकुमारी दिदीले बिष्ट्याएकाे अपुङ्गाे मजाले खाएछन् तर विडम्बना अझैपनि केपी ओलीकाे खाेइराे नखने सम्म यिनलाई हजाम भएन।
राम कुमारि बामदेव को पुर्व माले भएर पनि होला रुनु परेको