मनाङको थाेचे केन्द्रविन्दु भएर भूकम्प
नेपाल प्रेस
२०८१ भदौ १५ गते ७:३४
काठमाडौँ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
प्रतिक्रिया
सम्बन्धित खवर