बाजुराको गौमुलेमा एकैरात ४ पसल र सहकारीमा चोरी, बैंक तोडफोड – Nepal Press

बाजुराको गौमुलेमा एकैरात ४ पसल र सहकारीमा चोरी, बैंक तोडफोड

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । राति २ बजेको एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिए ।

“एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकमा प्रवेश गरेको र एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको छ”, उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाजुराले गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जनाएको छ ।

“बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ”, जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको भने ।

गएराति नै गौमुल गाउँपालिका(६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु ५० हजार समेत चोरी भएको सो सहकारीका अध्यक्ष श्याम रोकायाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *