‘एआई इमेज जेनेरेशन मोडल’ अपडेट गरेको गुगलको घोषणा – Nepal Press

‘एआई इमेज जेनेरेशन मोडल’ अपडेट गरेको गुगलको घोषणा

काठमाडौं गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेशन मोडल अपडेट भएको घोषणा गरेको छ ।

गुगल जेमिनी एप एआई सहायक प्रविधि हो । यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ । यो आधिकारिक अनुप्रयोग निःशुल्क छ । गुगलले यस वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो ।

यो एआई ‘टेक्स्ट-टु-इमेज जेनेरेटर इमेजेन-३’ उन्नत मोडेलमा सर्ने गुगलले पुष्टि गरेको छ । यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलो पटक घोषणा गरिएको थियो ।

अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमाण्डहरूमार्फत चित्रहरू सिर्जना गर्ने क्षमता पनि समावेश छ ।

फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा-३ डी मोडेलहरूबाट छविहरू विकास गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर