लिभरकुजन घरमै पराजित, ३५ खेलपछि टुंगियो अपराजित यात्रा
हेटौँडा । जर्मनीको बुन्डेस लिगामा गत सिजन अपराजित रहँदै च्याम्पियन बनेको बायर लिभरकुजनले ३५ खेलमा रहेको आफ्नो अपराजित यात्रालाई पूर्णविराम लगाएको छ ।
डिफेन्डिङ च्याम्पियन लिभरकुजनले दुई गोलको अग्रतालाई जोगाउन नसक्दा शनिवार राती भएको खेलमा आरबी लेइपजिगसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
लेभरकुजनले २०२२-०२४ मा बोचुमसँग ३-० गोलअन्तरले पराजित भएयता ४६२ दिनपछि पहिलो हार बेहोरेको हो ।
खेलको ३८ औँ मिनेटमा घरेलु टोलीले जेरोमीको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको ४५ औँ मिनेटमा एलेक्सले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लेप्जिग खेलमा फर्कियो । उसको लागि केभिन काम्पाले गोल गर्दै पहिलो हाफ २-१ को अवस्थामा ल्याए ।
दोस्रो हाफको ५७ औँ मिनेटमा लुइस ओपान्डाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर ८० औँ मिनेटमा पुन ओपान्डाले गोल गरेपछि लेभरकुजनले हार बेहोर्दै ३५ खेलको आफ्नो अपराजित यात्रालाई पूर्णविराम लगायो ।