आइभरी कोस्टका पूर्वखेलाडी बाम्बाको निधन
हेटौँडा । आइभरी कोस्टका पूर्व डिफेन्डर सोल बाम्बाको निधन भएको छ । प्रिमियर लिगको लिड्स युनाईटेडका पूर्व कप्तान समेत रहेका ३९ वर्षीय बाम्बाको टर्कीमा निधन भएको स्काई न्युजले लेखेको छ ।
पूर्व डिफेन्डर सोल बाम्बाको टर्कीमा खेलअघि बिरामी परेर ३९ वर्षको उमेरमा निधन भएको छ ।
बाम्बा टर्कीको अडानस्पोरका प्राविधिक निर्देशक थिए।
बाम्बाको निधनबारे क्लबको विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो प्राविधिक निर्देशक सुलेमाने बाम्बा, जो हिजो मनिसा फुटबल क्लब विरुद्धको खेल अघि बिरामी परेका थिए, मनिसा सेलाल बायर विश्वविद्यालय अस्पतालमा लगियो र दुर्भाग्यवश त्यहाँ जीवनको लडाई गुमाए। उनको परिवार र हाम्रो समुदायलाई हाम्रो समवेदना।’
उनलाई सन् २०२१ मा क्यान्सर भएको थियो तर केमोथेरापीको कोर्स पछि क्यान्सरमुक्त घोषित गरियो र उनले त्यसयता ब्लुबर्ड्स र मिडल्सब्रोका लागि फेरि खेलेका थिए ।
उनको आइभरी कोस्टका लागि ४६ अन्तर्राष्ट्रिय खेलहरू बाहेक इपिएलको लेस्टर सिटी, लिड्स युनाईटेडबाट व्यवसायिक फुटबल खेलेका थिए ।